बन्धक यहुदीको रिहाइ



काठमाडौं, (एजेन्सी) । 

अमरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजास्थल सिनगोगमा उनीहरुलाई बन्धक बनाइएको थियो ।

प्रहरीसँग १० घण्टा चलेको गतिरोधपछि उनीहरुलाई त्यहाँबाट सुरक्षित निकालिएको हो । बन्धकमा सिनगोगका रब्बी पनि सामेल थिए । यसअघि प्रहरीको विशेष टिम त्यहाँ तैनाथ गरिएको थियो । एफबीआईका नेगोसिएटर्सले पनि आक्रमणकारीसँग कुराकानीमा घण्टौं लगाएका थिए । प्रहरीका अनुसार आक्रमणकारीको मृत्यु भएको छ । तर, मृत्यु कसरी भयो भन्ने जानकारी प्राप्त नभएको जनाइएको छ । घटना शान्त हुनुअघि विस्फोट र गोलीको आवाज सुनिएको थियो ।

स्थानीय मिडियालाई कानुन प्रवर्तन अधिकारीहरुले बताएअनुसार बन्धक बनाउनेहरुले पाकिस्तानी न्युरोसाइन्टिस्ट आफिया सिद्दिकीको रिहाइको माग गरेको पनि सुनिएको थियो । आफिया अहिले अमेरिकामा ८६ वर्षको जेल सजाय काटिरहेका छन् । अफगानिस्तानमा एक अमेरिकी सैन्य अधिकारीलाई मार्ने कोशिसको आरोपमा आफिया दोषी ठकर भएका थिए ।

इजरालयका प्रधानमन्त्री नफ्ताली बेनेटले यस घटनाबारे यहुदी समुदायलाई सम्बोधित गर्दै भनेका थिए– ‘म कोलिविल र विश्वभरका यहुदीलाई भन्न चाहन्छु कि तपाईं एक्लै हुनुहुन्न हामी तपाईंको साथमा खडा छौं ।’

प्रतिक्रिया दिनुहोस्