कोरोना महामारीमा प्रधानमन्त्रीले नै रक्सी पार्टी गरेपछि…



काठमाडौं ।

बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् । यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरू जारी थियो ।

बेलायतमा विगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो । ‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए ।

उनले महामारीमा करोडौँ मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए ।  उनले नियम बनाउनेले नै नियमको उचित रूपमा पालन नगरेको स्वीकार गरे ।  उनले घटनाको जिम्मेवारी आफूले लिने बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्