पाकिस्तानका तालिवान नेता अफगानिस्तानमा मारिए


एजेन्सी ।

पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिवान पाकिस्तान (पाकिस्तान तालिवान)का एक वरिष्ठ नेता मारिएका छन् । तालिवान नेता खालिद बाल्टी ‘ मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् ।

सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिवान नेता मारिएको विवरण सार्वजनिक भएकाे हाे । खोर्सानी पाकिस्तानसँगको सीमावर्ती क्षेत्र नानगारह प्रान्तमा मारिएको पाकिस्तान तालिवानले जनाएका छ । समूहको प्रवक्ता हुँदा उनी तालिवान माझ मुहमद खोर्सानी नामले परिचित थिए ।

खोर्सानीलाई अज्ञात बन्दुधारीहरुले हत्या गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको मृत्युबारे तालिवानले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।