क्राइम पेट्रोलको प्रिमियर



लोकप्रिय हास्यअभिनेता दीपकराज गिरीले सञ्चालन गर्ने टेलिभिजन सिरिज क्राइम पेट्रोलको हालै राजधानीमा आयोजित एक समारोहबीच प्रिमियर शो गरिएको छ।

विशाल सापकोटाद्वारा निर्देशित सिरिजको शुक्रबार राजधानीको बिग मुभिजमा पत्रकार तथा फिल्मकर्मीमाझ प्रिमियर गरिएको हो। सिरिज पर्सी बुधबारदेखि ग्यालेक्सी फोरके टेलिभिजनमार्फत प्रसारणमा आउनेछ। कार्यक्रममा बोल्दै अभिनेता गिरीले आफू सिरिजको होस्ट रहेको र सिरिजको होस्ट गर्न सिकिरहेको बताए। ‘खोलभन्दा चाउचाउ स्वादिष्ट हुनुपर्छ, म खोल मात्र हुँ चाउचाउ सिरिज हो’ कार्यक्रममा गिरीले भने। त्यस्तै, ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछानेले गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने क्रममा क्राइम पेट्रोल ल्याउन लागिएको बताए।

सम्पदा मल्ल र उनको टिमले निर्माण गरेको क्राइम पेट्रोल भारतीय टेलिभिजन च्यानल सोनीमा प्रसारण हुने सिरिजको फ्रेन्चाइज हो। उक्त सिरिजको केही भागसमेत लेखन गरेकी मल्ल सिरिजको लेखिकाका साथै क्रियटिभ प्रोड्युसर रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्