संस्कृतिमाथिको अतिक्रमण रोक्न माग



नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्वलगायतमा हुँदै आएको अतिक्रमणविरुद्व लड्न परिवर्तन नेपालले शुरु गरेकोे नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ को प्रतिनिधि मण्डलले प्र्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी अतिक्रमण र विकृति रोक्न आग्रह गरेको छ।

भेटमा टोलीले देशका पुरातात्विक सम्पदा एवं सस्कृतिको संरक्षण संवद्र्धन गर्नका लागि राज्यको तर्फबाट शिेष चासो र पहल हुनुपर्ने माग गरेको अभियानका सदस्य सचिव ठण्डबहादुर अधिकारीले जानकारी गराएका छन्। महाअभियानका संयोजक फिल्मकर्मी मोहन निरौलाको नेतृत्वमा सदस्यहरू सुन्दर श्रेष्ठ, ठण्डबहादुर अधिकारी, मुकुन्द मैनाली, मनोज भेटवाल, सुरज ढकाल र विश्वदीप घिमिरेले सो अवसरमा अभियानको प्रतीकस्वरूप नेपालको विविध संस्कृति र सम्पदा अंकित छायाँचित्र, अपिल र कार्यक्रम पुस्तिका प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवालाई दिएका थिए। प्रधानमन्त्री देउवाले अभियानको सफलताका लागि शुभकामना दिँदै सरकार संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको र सरकारको तर्फबाट यस अभियानलाई सहयोग रहने बताए।

त्यसैगरी, पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको तथा सभ्यताको श्रृष्टि नै आफ्नो भूमिबाट भएको चर्चा गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने बताए। ओलीले सभ्यता र संस्कृतिको संरक्षण र विकासमा लाग्नेहरूलाई सधैं आफ्नो साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। त्यस अवसरमा अभियानका संयोजक मोहन निरौलाले ओलीलाई महाअभियानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका थिए। ओलीलाई अभियानका अभियन्ताहरूले नेपालको संस्कृति झल्कने प्रतिकात्मक छाँयाचित्र हस्तान्तरण गरेका थिए भने डिजाइनर तथा अभियानका सदस्य सुन्दर श्रेष्ठले नेपाली संस्कृतिको प्रतीक छायाँ चित्रमा उल्लेख गरिएका विम्बबारे चित्रको प्रस्तुतिबारे व्याख्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्