३८ विधामा जीवन्त नेपाल म्युजिक अवार्ड

शम्भुजितलाई लाइफ टाइम अचिभमेन्ट



अग्लेश्वरी हिल्स विकास कोषले अग्लेश्वरी शैलुङ र खाँडादेवीको पर्यटन प्रवद्र्धनका लागि भन्दै हालै राजधानीमा जीवन्त नेपाल म्युजिक अवार्ड–२०७८ आयोजना गरेको छ। राजधानीको सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा करिब पाँच दशकदेखि संगीत क्षेत्रमा योगदान पुर्याएवपात ख्यातिप्राप्त संगीतकार शम्भुजित बाँसकोटालाई नगद ५१ हजार १ सय ५१ रुपैयाँसहित जीवन्त योगदान संगीत सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड)–२०७८ बाट सम्मानित गरियो।

त्यसैगरी, माथि माथि शैलुङेमा बोलको गीतमार्पmत शैलुङको प्रचार–प्रसारमा सहयोग पुर्याएवापत त्यस गीतका संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान र गीतकार श्रवण मुकारुङलाई विशिष्ट योगदान संगीत सम्मान–२०७८ बाट सम्मान गरियो। कार्यक्रममा पत्रकार विदुर गिरी र मनोहरि थापा, संगीतकार मिलन मोक्तान, गीतकार डा. डीआर उपाध्याय, गायक सुरज पौडेल, गायिका विद्या तिवारी र धनकुमारी थापा ‘सरु’, लेखक शंकर तिवारी, मेकअप आर्टिस्ट गीता शाहलाई आ–आप्mनो क्षेत्रमा योगदान पुर्याएवापत सम्मान गरिएको थियो।

३८ विधामा अवार्ड प्रदान गरिएको समारोहमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा बेस्ट मोडल अफ द इयरको अवार्ड चुम्न सफल भए। त्यसैगरी, सम्राट चौलागाईं र एलिना चौहान लोकप्रिय गायक गायिका, कमल खत्री र पूजा न्यौपाने युगल गायन, अर्जुन पोखरेल फिल्म संगीतकार, वसन्त सापकोटा आधुनिक गीत संगीतकार, शिव थापा मगर जुरी अवार्ड, मानस राज पप गायक, समीर हमाल पप गायक जुरी अवार्ड, अश्मी रिसाल पपगायिका जुरी अवार्ड, कृष्ण रिजाल र सरिना अधिकारी डायस्पोरा अवार्ड, अनिष मगर, निरञ्जली लामा र हेरुका लामा मोडल, विनु शाक्य मोडल जुरी अवार्ड, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ र आरुषी ढकाल बाल मोडल, सुरज सिंह ठकुरी म्युजिक भिडियो निर्देशक, सुरेन्द्र बसेस कोरियोग्राफर, रामकुमार केसी म्युजिक भिडियो छायाँकार र विकास धमला भिडियो सम्पादकको अवार्ड विजेता भए।

विभिन्न गीत–संगीत तथा नृत्य प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा आधुनिक गीततर्फ सुमन केसी गायक, विक्रम धमला जुरी अवार्ड, राजीव राज डायस्पोरा अवार्ड, चन्द्र लोहार र शैलेन्द्र मुडभरी नवगायक तथा चाँदनी शाक्य नव गायिकाको अवार्ड विजेता बने भने निरुता खत्री नवगायन लोक पप अवार्ड विजेता भइन्।

सञ्चारकर्मी तथा फिल्मकर्मी दिनेश डिसीद्वारा सञ्चालित कार्यक्रममा अमन तामाङ सेलो गीततर्फ जुरी अवार्ड, हिमाल श्रेष्ठ पप गायक, नविनकुमार पौडल लोक पप गायक, प्रकाश कार्की र तिलाचन आचार्य राष्ट्रिय भावको गीत, शान्त कुमार राई डायस्पोरा म्युजिक भिडियो निर्देशक, होमराज श्रेष्ठ गीतकार तथा क्याडी श्रेष्ठ डायस्पोरा पप संगीतकार र गायक विधाको अवार्ड विजेता भए।

कार्यक्रममा अग्लेश्वरी हिल्स विकास कोषका अध्यक्ष सिजम मगर सिञ्जालीले खाँडादेवी, सुनापाति र दोरम्बा गाउँपालिकाको सहकार्यमा यी तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्ध मुर्ति निर्माणका लागि कार्यक्रम आयोजना गरिएको बताए। सो अवसरमा अग्लेश्वर हिल्स र सैलुङ क्षेत्रको बारेमा प्रकाश पार्दै अग्लेश्वर हिल्सको बारेमा वृत्तचित्र प्रदर्शन गरिएको थियो। नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले अग्लेश्वर हिल्स र शैलुङ क्षेत्रको महत्वबारे प्रकाश पारेका थिए। कार्यक्रममा कलाकार बिनु शाक्य, सरेन बसेल, खुसी अधिकारीले नृत्य तथा गायक मानस राज, गायिका एलिना चौहान, मेलिना मैनालीलगायतले आफ्ना गीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्