अस्ट्रेलियामा बन्यो अर्को हरर फिल्म पर्पला



अस्ट्रेलियामा निर्मित हरर फिल्म पर्पलाको फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अस्ट्रेलियामा बस्ने नेपालीहरूकै जीवनमा घटेका विभिन्न घटनाक्रमबाट प्रभावित फिल्म लेखन तथा निर्माण कार्य गरेको यसका लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी गराएका छन्।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित फिल्मको सम्पूर्ण छायांकन कार्य अस्ट्रेलियामा गरिएको र दोस्रो चरणको छायांकन छिट्टै गरेर बजारमा ल्याउने निर्माण पक्षले जनाएको छ। निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसँग मिलेर फिल्म निर्माण गरेका हुन्। पर्पलाको मुख्य अभिनेता पुकार गौतम रहेका छन् भने पेशाले नर्स रहेकी निखिला बुढाथोकी मुख्य नायिका रहेकी छिन्।

रोजी पन्त सह–नायिकाको रूपमा डेब्यु गर्दै छिन् भने अस्ट्रेलियन कलाकार ओल्गा तमराले फिल्मको कथा र स्क्रिप्ट मन पराएर यसमा काम गरेकी छिन्।आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रिन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा भानुप्रताप ढकाल प्रस्तुतकर्ता तथा रवीन्द्र कुमार शर्मा, डम्बरबहादुर रसाइली, छबी अधिकारी र सरोज कुमार वाइबा निर्माता, सरस्वती गौतम, सिर्जना ल्वागुन, भीम राज रसाइली, वचन कुमार मल्ल सह–निर्माता रहेका छन्। फिल्म अस्ट्रेलियन छायांकार कास्मिर डिक्सनले छायांकन गरेका छन् भने सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्