नाचघरमा एक चिहान



उपन्यास एक चिहान राष्ट्रिय नाचघरमा मञ्चन भइरहेको छ। उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रूपान्तरण गरिएको छ। यसलाई रमेश बिजीले नाट्य रूपान्तरण गरेका हुन्। एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई फेरि मञ्चन गरेको हो ।

एक चिहानको मञ्चन आज शुक्रबारसम्म हुनेछ। मूलतः विद्यार्थीहरूलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रूपमा मञ्चन गरिएको हो । यसलाई गत पुस ३ गदेदेखि दैनिक बिहान ८ बजे बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिँदै आएको छ। नाटक नाट्यकर्मी वीरेन्द्र हमालले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्