काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल भएको हो।
भेटमा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ।
त्यस अवसरमा दुवै पक्षले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्।









तपाईंको विचार लेख्नुहोस्