नेपालपछि अस्ट्रेलियामा चुरीफुरी



भोलि शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म चुरीफुरी अस्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको छ । हास्य कलाकारहरू रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे) लगायत नवकलाकार अभिषेक श्रेष्ठ, सोन बज्राचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतको अभिनय रहेको फिल्म महँगो रकममा बिक्री गरिएको निर्माता निर्देशक ऋषिराज आचार्यले दाबी गरे ।

फिल्म नेपालपछि अस्ट्रेलिया र त्यसलगतै अमेरिका, कतार, जापानलगायतका देशमा पनि प्रदर्शन गरिने उनले बताए। निर्देशक स्वयंका साथमा रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन्।

प्रतिक्रिया दिनुहोस्