पर्वतमा धौलागिरी फिल्म महोत्सव हुने



पर्वत, (नेस) ।

धौलागिरिमा फिल्म पर्यटनको विकास गर्ने उद्देश्यले साविकको धौलागिरि अञ्चलमा नै पहिलोपटक फिल्म महोत्सव आयोजना गरिने भएको छ। धौलागिरिका युवाहरूले स्थापना गरेको अहुरी इन्टरटेन्मेन्टले भोलि बुधबारदेखि पुस १० गतेसम्म पर्वतको कुस्मामा चारदिने प्रथम धौलागिरी चलचित्र महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमा धौलागिरि क्षेत्रमै छायांकन भएका सानो तथा ठूलो पर्दाका गरी ३० भन्दा धेरै फिल्म प्रदर्शन गर्ने तयारी छ।

पर्वतको कुश्मा बजारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीले सुस्ताएको फिल्म बजारलाई ब्युँझाउने गरी कार्यक्रम आयोजना गर्न लागिएको बताए। त्यसका अलावा धार्मिक तथा प्राकृतिक पर्यटनमा फड्को मार्दै गरेको पर्वतसहित धौलागिरिका जिल्लालाई समेटेर चलचित्र छायांकन गर्नेका लागि पनि चलचित्र महोत्सव एक अवसरका रूपमा उपयोग हुने आयोजकले बताए। महोत्सव पर्वतको सदरमुकामको सिद्धेश्वर चलचित्र हलमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्