दुई दर्जन संगीतकर्मीलाई नातिकाजी सम्मान र पुरस्कार प्रदान गरिने



संगीत महर्षि नातिकाजीको स्मृति दिवसको अवसर पारेर यस वर्ष पनि विभिन्न विधाका संगीतकर्मी तथा सर्जकलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ। नातिकाजी स्मृति समाजले शनिबार नातिकाजीकै निवासमा आयोजना गरेको कार्यक्रममा दुई दर्जन संगीतकर्मी र स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो।

यस अवसरमा गायिका नुपुर बनर्जी भद्माचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान प्रदान गरिने भएको छ भने नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बिबी थापा (रचना), नारायणदास कार्की ढली (वाद्यवादन), शिला पन्त (रचना), सीताराम पोखरेल (गायन/रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), करन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्टझा/संगीत), शीतल कादम्बिनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिने भएको छ। त्यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देसार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिने भएको छ। नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डिपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार) लाई प्रदान गरिने समाजका अध्यक्ष शम्भरजित बासकोटाले जानकारी गराए।

त्यस्तै, नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार कृष्ण कडेल तथा नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर र दिवाकर मैनालीलाई प्रदान गरिने भएको छ। संगीतकार नातिकाजीको ९७औँ जन्मदिनको अवसर पारेर सम्मान र पररस्कार घोषणा गरिएको समाजका अध्यक्ष बास्कोटाले जानकारी गराए। उनले सम्मान र पुरस्कार राष्ट्रपतिले प्रदान गर्ने जानकारी पनि दिए।

नातिकाजी स्मृति समाजको पदाधिकारीमा हेरफेर भएको छ। समाजको अध्यक्षमा संगीतकार बास्कोटा नै रहेका छन् भने उपाध्यक्षमा नरेन्द्र खड्का, विश्वबल्लभ भद्मराई र दीपक श्रेष्ठ, सचिव राजाराम फुयाँल, कोषाध्यक्ष प्रदीप गुरागाईं तथा सदस्यहरुमा रत्न श्रेष्ठ, डा. घनश्याम खतिवडा, मनोहर सुनाम, रीता महर्जन, पदेन सदस्यमा काठमाडौं महानगरपालिका ७ का वडाध्यक्ष शुद्धकरमार डंगोल, अन्तर्राष्ट्रिय संयोजक प्रेमबहादुर श्रेष्ठ छन्।

प्रतिक्रिया दिनुहोस्