सेनाको फिल्म प्रतियोगिता हुने



नेपाली सेनाले नेपाली सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरी २०६७ सालबाट आयोजना गर्दै आएको लघु फिल्म प्रतियोगिताको १०औं संस्करण यस वर्ष हुने भएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक व्यक्ति तथा संघ/संस्थाले नेपाली सेना सम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्यहरू झल्किने विषय–वस्तुमा आधारित रही सहभागिता जनाउन सक्ने नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि पौष १५ गतेसम्म आवेदन भर्नुपर्ने तथा जंगी अड्डाको श्रव्यदृश्य तथा प्रकाशन महाशाखामा माघ दुई गतेसम्म स्क्रिप्ट बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ । त्यसैगरी, पुष १८ र १९ गते अन्तक्रिया कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्