नेपाल र अमेरिकामा कान्छी छोरी



फिल्म फिच्यो अर्थात् कान्छी छोरीको विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन हुनु अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए ।

फिल्म नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकाशका अनुसार गुरुङ र तमुहरूको महान् चाड तमु ल्होसारको अवसर पारेर पुस ३ गते काडमाडौंको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो ।

फिल्ममा विश्वास गुरुङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुवेदार मन्त्री जङ गुरुङ, अञ्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, विरूप घले लगायतका कलाकारले अभिनय गरेका छन्। गुरुङ समुदायको रीतिरिवाज, भेषभूषा, चालचलनको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायांकन भएको छ।

रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्म निर्देशक विकासले नै लेखेका हुन्। प्रकाश गुरुङ (काश) को छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत, गोरे गुरुङको नृत्य रहेको फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकाश घलेकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्