आशिका, ललाना र प्रतिमाले पाए सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बन्ने मौका



न्युज अफ नेपाल, काठमाडौं ।

गत १४ सेप्टेम्बर देखि २३ अक्टोबर २०२१ सम्म डिजीटल माध्यमबाट सञ्चालन भएको सनसिल्क दसैं भाइब कन्टेस्ट अन्तर्गत सनसिल्क ग्याङ्ग अफ गर्लको विजेता घोषित भएका छन् ।

नेपालीहरुको महान चाँड दसैँको अवसरमा आयोजना गरिएको उक्त कन्टेस्टको पहिलो चरणमा २ हजार ८५४ जनाले सहभागिता जनाएका थिए । ती मध्येबाट १५० जना दोस्रो चरणको लागि चयन भएका थिए ।

दोस्रो चरणको लागि छनोट भएकाहरुले आफूले अर्को एउटा भिडियो बनाएर आफूलाई साधारणबाट सनसिल्क दामी लुकमा परिवर्तन गर्नुपर्ने थियो । ती भिडियोलाई लाखौं टिकटक प्रयोगकर्ताले हेरेका थिए ।

बुधबार काठमाडौंको मेरियट होटेलमा भएको सोही कार्यक्रमको ग्रान्ड फिनालेमा आशिका देउला, ललाना चिमरिया र प्रतिमा कार्कीलाई सनसिल्क दसैं भाइब कन्टेस्टको विजेता घोषणा गरिएको छ । उनिहरुले सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बन्ने मौका पाएका छन् भने उपहार स्वरुप १ लाख रुपैयाँसमेत जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्