अमेरिकामा आदिवासी फिल्मको अवार्ड हुने



ज्योमो गाङ फिल्म अवार्डको दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा हुने भएको छ।

आयोजक हुकुम मल्टिमिडिया प्रालिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति र मातृभाषामा निर्माण भएका फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको अवार्ड आगामी २०७९ वैशाख १ गते आयोजना हुन जनाएको छ।

फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सम्पादक, नवअभिनेता, नवअभिनेत्री, छायाँकार, खलपात्र, कथा, पाश्र्व संगीत, द्वन्द्व निर्देशक र नवनिर्देशक गरेर विभिन्न १३ विधामा अवार्ड समेटिएको छ।‘आदिवासी जनजाति मातृभाषी फिल्म विदेशमा पनि पु-याउने उद्देश्यले अमेरिकामा अवार्ड कार्यक्रम गर्न लागेका हौँ’ आयोजक संस्थाका अध्यक्ष धनबहादुर बम्जनले भने।

प्रतिक्रिया दिनुहोस्