फेमिनिस्ट फेस्टिभलमा सात देशका ६१ फिल्म



वियन्ड बोडर्स:

फेमिनिस्ट फिल्म फेस्टिभल गत शुक्रबारदेखि भर्चुअलरूपमा शुरू भएको छ। आगामी शुक्रबारसम्म चल्ने नौ दिने फिल्म फेस्टिभलमा बेलुकी ४ बजेदेखि ११ बजेसम्म फिल्म प्रर्द्रशन गरिरहेको छ।

कृति फिल्म क्लब एन्ड जागोरीद्वारा आयोजित भर्चुअल फिल्म फेस्टिभलमा सात दक्षिण एसियन देशका फिल्म प्रदर्शन भइरहेको छ। कुल ६१ फिल्मका शो हु्ने फेस्टिभलमा विद्यार्थी तथा स्वतन्त्र फिल्मकर्मीद्वारा निर्मित पर्सनल इज पोलिटिक्स, फेमिली, मेमोरी एन्ड बिलोगिङ, हरस्टोरिज, भ्वाइस फ्रम साउथ एसिया गरी चार थिममा आधारित छोटा फिल्म, एनिमेसन, छोटा उपन्यास, डकुमेन्ट्री तथा फिचर फिल्म प्रदर्शन हुनेछन्।

जारी फिल्म फेस्टिभलको पोस्टर कृति फिल्म क्लबले तयार पारेको छ। दक्षिण एसियन महिला अधिकारकर्मी दिवंगत कमला भसिनप्रति समर्पित पोस्टरमा कमला लगायतअन्य नारीवादीले वर्षौंदेखि रचना गरेका नारीवादी नारा र कथा कविता समावेश छ भने उक्त पोस्टर जागोरी कला प्रयोग गरी तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस्