कक्षा १२ पास भइन् अभिनेत्री करिश्मा मानन्धर



न्युज अफ नेपाल, काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । उनले २.४१ जिपिए ल्याएर पास गरेकी हुन्  ।  उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा आज शुक्रबार सार्वजनिक गरेको हो । पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्