गाडीमा बसाएर पार्किङमा फिल्म देखाउँदै सकियो इजरायली फेस्टिभल



उसैत मंसिरको जाडो मौसम। त्यसमाथि चिसो सिरोटोसहितको साँझको खुल्लमखुल्ला स्थानमा फिल्म प्रदर्शन र अवलोकन।  बिहीबार सुरु भई शनिबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न१३औं इजरायली फिल्म फेस्टिभलमा चिसोको पर्वाहसमेत नगरी सहभागीले आ–आफ्नो गाडीमा बसेरै इजरायली फिल्मको मज्जा लिए।

कोभिड संक्रमणमा कमी देखिए पनि जोखिम नसकिएको अवस्थामा राजधानीमाअवस्थित इजरायली दूतावासले फेस्टिभलअन्तर्गत पहिलो पटक फस्ट इभर ड्राइभ इन फिल्म शोज इन काठमाडौं आयोजना गरी सहभागीहरूलाई आ–आफ्नो गाडीमै बसेर फिल्म हेर्ने प्रबन्ध मिलाएको हो।

होटलको पार्किङ क्षेत्रमा आयोजना गरिएको फेस्टिभलका फिल्म हेर्ने क्रममा गाडी धनीहरूलाई फिल्मको साउन्डका सुन्नका लागि एफएम फ्रिक्वेन्सी दिइएको थियो भने बीचमा रहेको बडेमानको एलइडी मनिटरमा तीन दिनसम्म इजरायल जनजीवन शैली झल्किने खालका विभिन्न फिल्म प्रदर्शन गरिएको थियो।

गाडीमा स्न्याक्स र वाइन सर्भ गर्दै सुरु गरिएको फेस्टिभलको शुभारम्भ बिहीबार प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेका साथमा ख्याति प्राप्त अभिनेता राजेश हमालले गरेका थिए।

शुभारम्भ समारोहमा मन्त्री आले, इजरायलका लागि नेपाली राजदूत हनन गोदर, अभिनेता हमाल लगायतले पनि सहभागीका साथपार्किङ क्षेत्रमाआफ्नै कारमा बसेर ५२ मिनेट लामो इजरायली फिल्मअ फिस टेलको मज्जा लिएका थिए। हमाल पत्नी मधु हमाल (भट्टराई)का साथ सहभागी भएका थिए।

शुभारम्भ समारोहमा नेपालकालागि इजरायली राजदूत हनन गोदरले फिल्म फेस्टिभलमा संस्कृति कुनै पनि देशको आत्मा भएको र यस्ता खालको फिल्म फेस्टिभलले एक देशको संस्कृति अर्को देशसम्म पु-याउन महत्वपूर्ण भूमिका खेल्ने चर्चा गरे। अफ्रिकाबाट इजरायलमा बसाइ सरी गएको एक परिवारले इजरायलमा गरेको संघर्ष र माछा पालन सम्बन्धी फिल्म ‘अ फिस टेल’ बारे वर्णन गर्दै उनले भने– ‘यो फिल्मले नेपालकै कथाभरको छ। तर फिस टेल, पोखराको सुन्दर हिमाल माछापुच्छ्रे्रको माछाको नभई इजरायलमाबसाइ सरी अँएको एक परिवारको कथा भनेको छ। यस्तै, अवस्था बसाइ सरी कामका लागि विभिन्न देशमागएकाहजारौं प्रवासी नेपाली कामदारको पनि रहेको छ।

’ उनले अभिनेताहमाललाई सम्बोधन गर्दै भने, ‘तपाईंले धेरै नेपाली फिल्ममा अभिनय गर्नुभएको छ। मलाई लाग्छ तपाईंले इजरायली फिल्म हेरेर ती फिल्मको गुणस्तरको प्रशंसा गर्नुहुनेछ।’ मन्त्रीलेले संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने आफ्नो दायित्व रहेको जनाउँदै उक्त फेस्टिभल इजरायल र नेपालको संस्कृति, भाषा र मूल्यमा न्यता आदान–प्रदानगर्न कोसे ढुंगा साबित हुने बताए।

त्यसैगरी, कार्र्यक्रममा बोल्दै अभिनेताहमालले सिनेमा मानिसहरूलाई एक त्रित गर्ने र एक–अर्काको सांस्कृतिक सम्बन्धनिर्माण गर्ने नरम कुटनीति भएको जनाउँदै इजरायली फिल्म हेरेपछि नेपाली दर्शक फिल्मको मनोरञ्जनको पक्षमात्र नभई सांस्कृतिक पक्ष र मानवीय भावनासँग पनि जोडिने चर्चा गरे।

कुलपाँ चफिल्म प्रदर्शन गरिएको फेस्टिभल शुक्रबार र शनिबार सर्वसाधारणका लागि खुल्ला गरिएको थियो। शुक्रबार गोल्डेन भ्वाइस र ल्यासेस तथा शनिबार अ प्लेसइन हेभन र अनोर्थो बक्सनामक फिल्म प्रदर्शन गरिएको थियो।विदेशमाओपन थिएटरका रूपमा यसरी खुला स्थानमै फिल्म प्रदर्शन गर्ने प्रचलन रहे पनि नेपालमा भने यस शैलीमा पहिलो पटक फिल्म देखाइएको हो।

प्रतिक्रिया दिनुहोस्