अन्तर्राष्ट्रिय महोत्सवलाई टुल्की



हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोकेको फिल्म टुल्की सेन्सर पास भएको छ। फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ।

द पाल्म ग्रप प्रालीको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको फिल्मले हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोल्छ। लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायांकन तथा निर्देशनमा बनेको फिल्म आरपी कर्माचार्य र शेखर लामाले निर्माण गरेका हुन्।

शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बू, दीर्घ लामा, भक्तसिंह कठायतलगायतले अभिनय गरेको फिल्ममा ब्राह्मण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथा छ।

करिब चार वर्षको अध्ययनपछि फिल्म निर्माण गरिएको निर्माता शेखर लामाले जानकारी दिए। यो फिल्म नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ। साथै, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत भाग लिने सोचका साथ फिल्म निर्माण गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्