कलाकारको सदस्यता स्थगित



कलाकारहरूको सदस्यताका विषयलाई लिएर विदेशी नियोगबाट सोधपुछ भएपछि नेपाल चलचित्र कलाकार संघले कलाकारलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारको निवेदनअनुसार प्रदानगर्दै आएको सिफारिस स्थगित गरेको छ।

संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार सदस्यताको आवेदनमाथि छानबिन गर्ने र सम्बन्धित नियोगसँगपत्राचार गरी सत्यतथ्यपत्तालगाउने जनाइएको छ।

संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले फिल्मनिर्माण, प्रदर्शन र कलाकारको पेसागत उत्थानका लागि एकदिवसीय अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्