पुरस्कार र सम्मान प्रदान



श्री अधिराज्य मिडिया नेटवर्कले हालै राजधानीमा विराट म्युजिक एन्ड फिल्म अवार्ड–२०७८ आयोजना गरेको छ। कार्यक्रममा संजोग फिल्मबाट वेदप्रसाद भुर्तेल उत्कृष्ट निर्देशक, मन्दिराबाट नरेन खड्का अभिनेता, लक्ष्मी रानीबाट शुभेच्छा थापा अभिनेत्री, धीरेन शाक्य सह–अभिनेताको अवार्ड विजेता भए।

त्यसै गरी, राजुजंग थापा ब्याडब्वाईबाट द्वन्द्व निर्देशक, शंकर बस्नेत प्रोड्क्सन डिजाइन, म त मर्छु कि क्या हो बाट राजेन्द्र बजगाईं पाश्र्व संगीत, आमाबाट दीर्घ खड्का सम्पादक, धन्दागिरीबाट दिनेश खड्का खलपात्र र कमल राई नृत्य निर्देशकको अवार्ड विजेता भए।

गीत संगीततर्फ प्रताप दास उत्कृष्ट गायक, दीपक शर्मा संगीतकार, बेनिशा पौडेल आधुनिक गायिका, कमल सिंह र एलिजा गौतम मोडल, विष्णु खड्का भिडियो सम्पादक, अमृता कँडेल खकुरेल मेकअप र फेसन डिजाइन, पुरुषोत्तम प्रधान छायांकारको विजेता भए भने अलिफ खान पपगायक, रानी शाक्य गायिका, ओमप्रकाश राई पप संगीतकार, दीपक आचार्य ‘काकु’ पप निर्देशक, नवीनकुमार पौडेल लोक गायक, लक्ष्मी आचार्य लोक गायिका, विज्ञान राई आधुनिक म्युजिक भिडियो निर्देशक, मिलन नेवार, गीता शाह र गीतकार भीष्मराज फुलारा पपुलर च्वाइस अवार्ड, तथा बेबी गिरी, आकाश अधिकारी, राजेश खड्का, पुरुषोत्तम पराजुली, जानकी कुँवर, नारायण भट्टराई, सुनीता मरासिनी, निशा राना, सुरज पौडेल र कुमार आचार्य जुरी अवार्ड विजेता भए। अवार्डको जुरीमा संगीतकार राजु सिंह, फिल्म निर्देशक मदन घिमिरे, छायांकार जीवन पराजुली र रविचन्द्र कोइराला र पत्रकार सरोज ओझा निर्णायक रहेको आयोजक सुरज पौडेलले बताए।

कार्यक्रममा अभिनेता सरोज खनाल र गायिका मञ्जु थापालाई राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान, गीतकार डीआर उपाध्याय, कलाकार तुलसी प्रसाद श्रेष्ठ, पुष्टबहादुर घिमिरे, गायिका विद्या तिवारी, मिक्सर मनोज परियार र सम्पादक नहकुल खड्कालाई राष्ट्रिय कलाकार सम्मान, लक्ष्मण सुवेदीलाई नगद राशीसहित चलचित्र पत्रकार–२०७७ पुरस्कार तथा पत्रकारहरु डब्बु क्षेत्री, कुवेर गिरी, गोपीकृष्ण चापागाईं, नेमिश गौतम र विष्णु सुवेदीलाई पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्