सगरमाथा अवार्डमा राणालाई लाइफटाइ : गिरीलाई पत्रकारिता रजत सम्मान



नेपाली कला र श्रष्ठाको सम्मान : नेपाली संस्कृति संरक्षण प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ अर्थ नेपाल प्रालिको आयोजनामा राजधानीमा शुक्रबार सम्पन्न तेस्रो सगरमा थाम्युजिक अवार्ड २०७८मा ख्याति प्राप्त गायिका ज्ञानु राणालाई १७ हजार ६ सय ९६ रुपियाँ नगदका साथ सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।

सोही समारोहमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी आठ हजार आठ सय ४८ रुपियाँका साथ सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट सम्मानित भएका छन्। राणालाई सगरमाथा पुगेर फर्कने र गिरीलाई सगरमाथा जाने उचाइ अनुसार नगदका साथ सम्मान गरिएको कार्यक्रम संयोजक मनोज थापाले बताए। त्यसै गरी, कृष्ण भुषाल, विष्णु सुवेदी, सुमन पण्डित र शिवराम भण्डारीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिएको कार्यक्रममा रमिला न्यौपाने, प्रकाश दूतराज, निशु झा, डब्बु क्षेत्री, लोकराज अधिकारी, सुरेन्द्र महर्जन, रञ्जना कार्की, दुर्गा काफ्ले, गोविन्द कँडेल, माधव खरेललगायतलाई सम्मान गरिएको छ।

कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतको सभापतित्वमा सम्पन्न समारोहका नीतिन गजुरेल राष्ट्रिय भावगायक, टेक तामाङ राष्ट्रिय भावगीतकार, निशान भट्टराई पाश्र्वगायक, जिना रसाइली पाश्र्वगायिका, अर्जुन भट्टराई फिल्म गीतकार, दीपक शर्मा फिल्म संगीतकार विधाको अवार्ड विजेता भए।

त्यसै गरी, आधुनिक गीत तर्फ कन्हैया सिंह गायक, रामभक्त जोजिजु जुरी अवार्ड, कौशलराज खड्का र कमलराज केसी पब्लिक च्वाइस अवार्ड, विद्या तिवारी गायिका, मञ्जु थापा, सरोज कोइराला र भीष्मराज फुलारा जुरी अवार्ड, चन्द्र प्रसाईँ परिष्कृत, पुष्पाखनाल र माया केवल गीतकार, साबु रविडायस्पोरा गीतकार, बीबी थापा क्षितिज नवगीतकार, सन्तोष श्रेष्ठ संगीतकार विधाको अवार्ड विजेता भएभने पप संगीततर्फ सचिन रौनियार गायक, समीर आचार्य पपुलर गायक, सिर्जना कार्की गायिका, किरण घिमिरे रसारिका घिमिरे पब्लिक च्वाइस अवार्ड, एन्जिला गौचन जुरी अवार्ड, तारा अधिकारी गीतकार, राजेन्द्र भट्ट संगीतकार विधाको अवार्ड विजेता भए।

त्यसै गरी, पप/आधुनिक संगीततर्फ आर्यन शाही ठकुरी नवगायक, मीना कार्की नवगायिका, गुणराज श्रेष्ठ र अस्मिता अधिकारी युगलगायन, अशोक बराल र सोनिका केसी जुरी अवार्ड, सनम कठायत र वर्षा शिवाकोटी मोडल, दिनेश कठायत र पूजना नाथनव मोडल, अञ्जन शर्मा म्युजिक भिडियो निर्देशक, रवीन्द्र बराल छायांकार, दिनेश ठकुल्ला नवनिर्देशक, दिप्सन शाह सम्पादन, सुनील सिंह नेपाली वाद्यवादन, अमुल कार्की एरेन्जर, सुजल बम इन्करेजमेन्ट अवार्ड विजेता भए।

नृत्य प्रस्तुतिका साथ अगाडि बढाइएको कार्यक्रममा लोक दोहोरीतर्फ हरि गिरी गायक, खेम सेन्चुरी पपुलर गायक, तृप्ति खड्का गायिका, देवी घर्ती पपुलर गायिका, रविन लामिछाने शब्द, सामना शाह पब्लिकच्वाइस अवार्ड, रामु खड्कालय, सीताराम परियार नवगायक, सुमन थापा मगर नवगायिका, चिज गुरुङ प्रत्यक्ष दोहोरी गायक, सपना रोक्का प्रत्यक्ष दोहोरी गायिका, महेन्द्र गौतम र उषा सुवेदी मोडल, रीना थापा मगर नृत्य, रोजेन्द्र मगर र जुना गुरुङ नवमोडल, करण चैसिर छायांकार, प्रकाश धमला सम्पादन, विक्रम चौहान निर्देशक, निशान बानियाँ नवनिर्देशक, शम्भु शाही कोरियोग्राफर, विश्वास नेपाल कोरियोग्राफर, ६६, सुमन राना रेकर्डिस्ट, होमराज श्रेष्ठ जुरी, निर्मला थापा मगर मौलिक गायिका, रमेशराज भट्टराई पपुलर गायक र सुधा मरहठ्ठा म्युजिक भिडियोको अवार्ड विजेता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्