श्रेष्ठ उत्कृष्ट निर्णायक



नेपाल समाचारपत्र, काठमाडौं ।

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको बताइएको छ । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन् । नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का, मिन न्यौपाने, रविन्द्र मल्ल, जितसिंह लामा र दीपेन्द्र ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

श्रेष्ठ यसअघि २०१९ को जुलाइमा जोर्डनमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक चुनिएका थिए । उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक पनि हुन् । उक्त सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो । २७ खेल समावेश सागमा नेपाललाई सबै भन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो ।

प्रतिक्रिया दिनुहोस्