अमेरिकामा छोरोले बाबुको घाँटी रेटी हत्या



ह्युस्टन,(एजेन्सी) ।

अमेरिकाको टेक्सास राज्यमा आफ्नो पिताको शरीरमा छुरा प्रहार गरिसकेपछि अझै रिस नमरेका कारण घाँटी रेट्ने एक कुपुत्रले सो अपराध गरिसकेकपछि आफैंले ९११ म फोन गरी प्रहरी बोलाएका छन् । ती बाबु छोरा नाकोडोछेसमा एउटै घरमा बस्दै आएका थिए ।

नाकोडोछेस काउन्टि सेरिफ कार्यालयले तीस वर्षीय ब्ल्याक फोकस्वर्थले गत २८ अक्टोबरमा हिंसात्मक घटना घटाइसकेपछि मद्दत चाहियो भन्दै आफूहरूलाई फोन गरेको बताएको छ । घटनाको बिहान प्रहरी तिनीहरूको घरमा पुग्दा उनका ५३ वर्षीय पिता जर्ज फोक्सवर्थलाई एउटा सोफामा रक्ताम्य र बेहोसी हालतमा पल्टिरहेको अवस्थामा फेला परेको थियो ।

उनलाई तत्कालै उपचारका लागि हेलिकोप्टरमा राखेर नाकोडोछेसदेखि करिब ७५ माइल उत्तर पूर्वमा पर्ने टाइलर शहरस्थित अस्पताल लगिएको थियो । ती आक्रमणकारी पुत्रलाई प्रहरीले छिमेकीको घरबाट गिरफ्तार गरेको थियो । तर उपचारकै क्रममा भोलिपल्ट उनका पिताको मृत्यु भएको थियो । त्यसपछि उनलाई हत्याको मुद्दा दायर गरिएको छ ।

अति भौतिकवाद र डिजिटल युगका कारण अमेरिकामा मानवीय संवेदन हराउँदै गइरहेको दाबी समाजशास्त्री एवं मनोविश्लेषकहरूले गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्