तालिवानद्वारा मुलुकको रकम फुकुवा गर्न दबाब



काबुल, (एजेन्सी) ।

अफगानिस्तानको तालिवान सरकारले सेन्ट्रल बैंकको रिजर्चमा राखिएको अर्बौं अमेरिकी डलर फुकुवा गर्न दबाब देखिन थालेको छ । खडेरीको चपेटामा परेको मुलुकमा अर्थ अभाव, आमभोकमरी र नयाँ आप्रवासी समस्या देखापरेपछि तालिवान सरकारले यसरी दबाब दिएको हो । अफगानिस्तानले संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ र युरोपका अन्य थुप्रै केन्द्रीय बैंकहरूमा अर्बौं डलर जम्मा गरेर राखेको छ ।

तर, गत अगस्टमा इस्लामिक तालिवानले अफगानिस्तानको पश्चिमी समर्थित सरकार अपदस्थ गरेपछि सो पैसा रोक्का गरिएका थिए । तालिवान सरकारको अर्थ मन्त्रायका प्रवक्ताले सरकारले महिलाहरूलाई शिक्षा दिने लगायतका मानव अधिकारका बुँदाहरू सब पालना गर्ने बताउँदै मानवीय सहयोग निकायबाट थप आर्थिक सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

सन् १९९६ देखि २००१ सम्मको तालिवान शासनकालमा महिलाहरूलाई शिक्षाबाट पूर्ण वञ्चित गरिएको थियो । प्रवक्ता अहमद वाली हकमलले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएका छन्– ‘त्यो पैसा अफगानिस्तानको हो । त्यसैले, हाम्रो पैसा हामीलाई खुरुक्क फर्काइनुपर्दछ । यसरी पैसा रोक्का गरिनु अनैतिक र अन्तर्राष्ट्रिय कानुन र मान्यताविरुद्ध हो । जर्मन लेन्डर कमर्ज बैंकमा ४३ करोड १० लाख र जर्मनीकै सेन्ट्रल बैंक बन्डेस बैंकमा ९ करो ४० डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्