उद्योग वाणिज्य संघमा निर्वाचितलाई शपथ



हेटौंडा, (नेस) ।

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित नयाँ समितिलाई बिहीबार शपथग्रहण गराइएको छ । संघको हेटौंडा–२ स्थित पल्पसा हलमा एक कार्यक्रमबीच प्रमुख निर्वाचन अधिकृत अधिवक्ता ईश्वरराज ढकालले शपथग्रहण गराउनुभएको हो ।

अध्यक्ष कृष्णकुमार गुप्ता (अ्रगवाल), वाणिज्य उपाध्यक्ष अनिल अग्रवाल, उद्योग उपाध्यक्ष प्रमोदसिं रानाभाट, एसोसिएट उपाध्यक्ष उज्ज्वल चौलागार्इं, वस्तुगत उपाध्यक्ष राजु अधिकारीसहित निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराइएको थियो ।
शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघ निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल, जीवनकाजी माकजु, भुवनलाल श्रेष्ठ, विभिन्न सामाजिक संघसंस्थाका व्यक्तित्व तथा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्