इजरायलमा सामूहिक नांगो फोटोसेसन



जेरुसेलम, (एजेन्सी) ।

सुक्दै र खुम्चिँदै गइरहेको मृत सागरप्रति सबैको ध्यान आकर्षण गर्ने अभियानको क्रममा करिब तीन सय जना पुरुष तथा महिला स्वयंसेवकले कलात्मक प्रतीक अभिव्यक्त गर्न नांगिएर सामूहिक तस्वीर खिचेका छन् ।

तिनीहरूले अमेरिकी चर्चित फोटोग्राफर स्पेन्सर ट्युनिकका लागि पोज दिएका थिए । उनले विश्वका अन्य अत्यन्तै सुन्दर र रमणीयस्थल जस्तै फ्रेन्च वाइन कन्ट्री, स्विस ग्लासियर र दक्षिण अफ्रिकाको समुद्री तटलगायत अन्य पनि स्थानमा पनि यस्तो नांगो फोटोसेसन गरिसकेका छन् ।

यस ऐतिहासिक फोटोसेसन इजरायलको पर्यटन मन्त्रालयले प्रवद्र्धन गरेको हो । यसअघि, पनि सन् २०११ म मृत सागरमा फोटो सेसन गरिसकेका ट्युनिकले भनेका छन्– ‘इजरायल भ्रमण मेरा लागि अनुभव बटुल्ने स्थल बनेको छ । मध्यपूर्वी मुलुकमा मात्र फोटोग्राफीका लागि फर्किंदा निकै खुसी लाग्छ ।’

सहभागी स्वयंसेवकहरूले नांगिएर शरीरमा सेता पेन्टले रंग्याएका थिए । इजरायली अराड शहर बाहिरको मरुभूमिमा भएको सो फोटोसेसन सकिन तीन घन्टा लागेको थियो । नुनिलो पानीयुक्त यो सागर केही वर्षयता सुक्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्