निरुको माया मेरी



गायिका निरु घिमिरेको नयाँ गीत माया मेरी सार्वजनिक भएको छ। लोकशैलीमा तयार पारिएको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन्।

मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ। गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ। जसमा सुधीर श्रेष्ठ र उषा उप्रेती तथा कमल सिंह र जुना कार्कीले अनस्क्रिन रोमान्स गरेका छन्। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियो विकल्प क्रियसनले निर्माण गरेका हो। उत्सव दाहालको छायांकन र मिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियो शिशिर कोइरालाले निर्देशन गरेका छन्। गीत तथा यसको म्युजिक भिडियोले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गायिका घिमिरेको छ।

प्रतिक्रिया दिनुहोस्