बेइजिङ ।
चीनले नेपालको विपद्पछिको पुनर्निर्माण कार्यमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले विपद् प्रभावित क्षेत्रका बासिन्दाको घर पुनर्निर्माण तथा जनजीवन सामान्य बनाउन चीनले सहयोग गर्ने बताएका हुन् ।
उनले नेपाललाई यसअघि नगद सहायता, पाँच खेप आपत्कालीन राहत सामग्री तथा उद्धार र प्राविधिक सहयोग उपलब्ध गराइएको जानकारी दिए ।
प्रवक्ता गुओले प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकलाई सहयोग गर्न तथा नेपालको विपद् रोकथाम र न्यूनीकरण क्षमता अभिवृद्धिमा समेत चीनले साथ दिने स्पष्ट पारे ।








तपाईंको विचार लेख्नुहोस्