चौदण्डीगढीको चार वर्षे विकासका कामको प्रगति विवरण सार्वजनिक


उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले २०७९ सालदेखि हालसम्मको ४ वर्षको अवधिमा विभिन्न क्षेत्रको विकास निर्माणको कामको प्रगति विवरण सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ ।

२०७९ साल बैशाखमा भएको निर्वाचनबाट नगरप्रमुखका रुपमा कालुमान लामा निर्वाचित भएपछि भए गरेका काम तथा विकास निर्माणको प्रगतिविवरण पत्रबार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

नगरपालिकाले २०७९मा नयाँ जन निर्वाचित जनप्रतिनिधि आएपछि शिक्षा, स्वास्थ्य। कृषि, भौतिक पूर्वाधार पर्यटन, सडक, पुल कल्भर्ट जस्ता निर्माण, सिंचाई, सामाजिक सुरक्षा, विद्युत विस्तार सम्बन्धी कामलाई प्राथमिकता दिएर काम गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा चौदण्डीगढीका विभिन्न ठाउँहरुमा बजार विस्तार, कृषि पशुपक्षी विकास, खेलकूद, उद्यम विकास, शिक्षा, स्वास्थ्य, रोजगार सेवा केन्द्र, सुरक्षित आप्रवासन केन्द्र लगायतका क्षेत्रमा काम गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विद्युतीय कार्यतर्फ १० ट्रान्सफर्मर, ४६५ वटा विद्युतीय पोल, ६८० वटा सडक बती,२५ वटा हाइमास्ट लाइट, सिचाअईका विभिन्न योजना संचालन गरेर कृषि उत्पादनलाई प्राथमिकता दिएको जनाइएको छ ।

नगरपालिकाले सेवा प्रवाह सम्बन्धी सार्वजनिक गरेको कार्यमा नागरिकका असिमीत मागका विचमा सिमीत श्रोत साधनले भ्याएसम्मका कामहरु गरेको उल्लेख गर्दै सामाजिक क्षेत्रका विभिन्न पाटाहरुमा, भौतिक पूर्वाधारका विभिन्न क्षेत्रमा श्रोत साधनले भ्याएसम्म काम गरेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

पूर्वाधार निर्माणतर्फ नगरपालिकाले १९ हजार ६ सय १५ मिटर सडक कालोपत्रे गरेको, ६२९ मिटर सडक ढलान गरेको, १ लाख ६७ हजार ५सय ४९ मिटर सडक ग्राभेल गरेको, नयाँ सडकको ट्«याक निर्माण गर्नुक ासाथै सडक मर्मत संभार, ढल निर्माण, स्वास्थ्य संस्था भवन निर्माण, विद्यालय भवन निर्माण, खेलकूदकालागि कभर्डहल निर्माण लगायतका भौतकि पूर्वाधारका कामहरुमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।

नगरपालकाले महिला तथा बालबालिका क्षेत्रमा,पर्यटन प्रवद्र्धनमा क्षेत्रमा, लैङ्गिकतथा अल्पसंख्यकहरुका क्षेत्रमा,सामाजिक सुरक्षा, अपाङ्गता परिचयपत्र वितरण तथा सहायक सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले न्यायिक समिति मार्फत भएका कामका बारेमा नगरपालिकाकी उप प्रमुख मनिका दुलालले हालसम्म १सय२० वटा मुद्दा दर्ता भएकामा८९ वटा मुद्दाफछ्र्यौट भएर३१ वटा मुद्दाफछ्र्यौटको प्रक्रियामा रहेको बताउनु भयो ।
नगरपालिकाले पालिकास्तरबाट नै भूमि प्रशासन सम्बन्धी सेवा नापी सम्बन्धी सेवा दिदै आएको र कैयौँ वर्षदेखि जग्गा भोग चलन गदेृ आएको तर जग्गाधनी प्रमाण पुर्जा नपाएकाहरुको जग्गा नाप जाँच गरेर प्रमाण पुर्जा वितरणको प्रक्रिया अघि बढाइएको छ ।

र केहीलाई जग्गा धनी प्रमाणपुर्जा वितरण गर्ने काम पनि भएको छ । हालसम्म ५हजार २ सय ९ जनाको भोगाधिकारकालागि प्रमाण पत्र तयार भएको र ३सय ४३ जनालाई भोगाधिकार प्रमाणपत्र वितरण गरिएको र बाँकी पुर्जा वितरण कार्य सोमबारदेखि ३ नं वडाबाट शुरु गरिएको नगरपालिकाद्धारा उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख लामाले आफ्नो कार्यकालमा भए गरेको कामहरुको विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा भएका कामहरु पारदर्शी तरिकाले जनताका सामु लैजान र कमी कमजोरी भएमा आवश्यक सुझाव सल्लाह पाउन विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको बताउनु भयो ।

सो पत्रकार सम्मेलनमा नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत रोशनी देवी कार्की, वडाध्यक्षहरु, वडा सदस्यहरु, समाजका प्रबुद्ध वर्गका व्यक्तित्वहरु पत्रकारहरु लगायतका सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।