ज्ञान संस्कार प्रिक्वाटरफाइनलमा


काठमाडौं, (नेस) ।

ज्ञान संस्कार २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित ग¥यो । ज्ञान संस्कारकी डिनु वज्राचार्यले ७ अंक जोडिन् ।

सिनियर गल्र्समै भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० तथा केभीकेएसएसले टीआईएलाई १४–१० ले पराजित गरे । भ्याली पब्लिककी सेलिना गुरुङले १५ तथा केभीकेएसएसकी खुशी लिम्बूले ६ स्कोर गरे ।

सिनियर गल्र्सकै अन्य खेलमा न्युटनले सेबलाई २३–१९, डाफोडिलले वेदव्यास २१–१८ र ह्वाइटफिल्डलाई २४–२० र इबीएले भ्याली पब्लिक ‘बी’ लाई ३३–२९ ले हराए ।

जुनियर ब्वाइजमा स्कोलर्स होमले काठमाडौं जेभियर्सलाई १४–१० र भद्रकालीलाई १८–१४ तथा सेबले भ्याली पब्लिकलाई ३८–३४ ले पाखा लगाए । सिनियर ब्वाइजमा रिलायन्सले जेबी स्कुललाई ४३–३८ ले पन्छायो । रिलायन्सका मुनिफले १६ स्कोर गरे

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।