डिसेम्बर १६ मा बंगलादेश फर्कने शेख हसिनाको घोषणा


काठमाडौं ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी १६ डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छन्।बंगलादेशको विजय दिवसका अवसरमा स्वदेश फर्कने घोषणा गरेकी हसिनाले आफ्नो हवाई यात्राको व्यवस्था राष्ट्रिय विमान सेवामार्फत गरिदिन वर्तमान प्रधानमन्त्री तारिक रहमानसँग अपिल गरेकी छन्।

हसिनाका प्रवक्ताले उनी दिल्लीबाट ढाका फर्कने तयारीमा रहेको बताएका छन्।हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन चर्किएपछि १५ वर्षे शासन त्यागेर भारत पुगेकी थिइन्। आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारीको मृत्यु भएको थियो।मानवताविरुद्धको अपराधमा बंगलादेशको अदालतले हसिनालाई उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले उक्त फैसला अस्वीकार गर्दै स्वदेश फर्किएपछि आफ्नो पक्ष प्रस्तुत गर्ने बताएकी छन्।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।