बुटवलबाट च च हुई



बुटवलको अमेध्यम् ब्यान्डले दशैं र तिहारलाई लक्षित गर्दै च च हुई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको छ।

लोक रक संगीत पृष्ठभूमि भएको ब्यान्डले पहिलो एल्बमको पहिलो गीत सार्वजनिक गरेको हो। भिडियोमा समुदायबाट हराउँदै गएको लिंगे पिध्र संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ। गीतमा सुजल रानाको स्वर तथा ओम शंकर श्रेष्ठको शब्द रचना रहेको छ। गीतको म्युजिक भिडियोमा सुजल राना, विजय विश्वकर्मा, विवश थापा मगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, बिमा थापा मगर, एन्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कु™वर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, ममता केसी, रामु रावल, चित्रबहादुर झेडी, किशोर सारु, तिलवीर खाम्चा र मन्दकुमारी खाम्चाले अभिनय गरेका छन्। बाल कलाकारहरु अमृत राना, अमन खाम्चा, स्मृति खाम्चा, रश्मी खाम्चा, सुप्रिया राना, गीता राना, सविन राना, हिमाल खाम्चा, अनुष्का राना, मौसम रानालगायतले पनि यसमा अभिनय गरेका छन्।

अशोक थापा र शिशिर श्रेष्ठको कन्सेप्ट र कथा रहेको म्युजिक भिडियोमा आनन्द खड्का र बिमा थापा मगरको कोरियोग्राफी, आकाश धिमालको छायांकन र सम्पादन तथा आकाश धिमाल र रमेश रिजालको निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्