स्टार अवार्ड नेपालमै



दुई वर्षअघि कतारमा सम्पन्न स्टार इन्टरनेसनल अवार्डको दोश्रो संस्करण यसपटक नेपालमै हुने भएको छ।

अवार्डमा २०७८ सालको श्रावण मसान्तभित्र सार्वजनिक भएका गीतले प्रतिस्पर्धा गर्न पाउनेछन् भने इच्छुक स्रष्टा, सर्जक, तथा आ-आफ्नो क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तित्वहरुले आवेदन दिन सक्ने तथा छनोट भएका सर्जकलाई अवार्ड प्रदान गरिने आयोजक संस्था दक्ष इन्टरनेसनलका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए। लामो समयदेखि सफल सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै इभेन्ट व्यवस्थापनमा लोकप्रियता हासिल गरेको दक्ष इन्टरटेनमेन्टले दोश्रो संस्करणदेखि स्टार इन्टरनेसनल अवार्ड आयोजनाको जिम्मेवारी लिएको हो।

नेपालबाहिर हुने भनिएको अवार्ड विश्वभर फैलिएको कोराना महामारीका कारण यसपटक नेपालमै हुने जानकारी एसोसियट्स संस्था पेजेन्ट नेपालले जानकारी गराएको छ। छनोट भएका विजेता कलाकारलाई अन्तर्राष्टिझय अवार्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुका साथै केही विशिष्ट स्रष्टालाई विशेष सम्मान गरिने अर्काे एसोसियट्स संस्था अरोमा इन्टरटेनमेन्टले जनाएको छ। अवार्ड समारोह आगामी कात्तिक १६ गते राजधानीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्