हिन्दी गीतको भिडियोमा आर्यन



केशव भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयले गाएको हिन्दी गीत मेरे इस दिलपे म्युजिक भिडियोहित सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देलका साथमा गायिका स्वयंले स्क्रिन सेयर गरेकी छिन्। शशांक क∫डेलको निर्देशनमा तयार भएको भिडियोले रिलिजस∫गै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। म्युजिक भिडियोमा भारतीय केटी र आवारा नेपाली केटाको प्रेमकथा पस्किएको छ। गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको गीतको म्युजिक भिडियोमा विकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ। देव केसी, मोहितोश रोय, अमन लोप्चन अतिथि भूमिकामा देखिएको गीतको म्युजिक भिडियो टंक बुढाथोकी युट्युब च्यानलबाट रिलिज गरिएको छ।

प्रतिक्रिया दिनुहोस्