साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै



काठमाडौ ।

साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८: ४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ ।

१३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन ।

भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै फाइनल यात्रा तय गरेको थियो । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुल्यो । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो ।

यसअघिका २२ खेलमा नेपालले भारतसँग १४ हार, ५ जित र २ खेल बराबरी गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा पनि भारतले नेपाललाई १-० ले हराएर आफू बलियो रहेको प्रमाणित गरेको थियो । भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्