पुसमा पेज थ्री अवार्ड



नेपाल भाषाको मनोरञ्जनात्मक पाक्षिक पेज थ्रीले आगामी पुस २४ गते चौथो संस्करणको पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४२ आयोजना गर्ने भएको छ।
कार्यक्रममा इलोह प्रकाशनका अध्यक्ष नरेशवीर शाक्य, ललितपुर महानगर १६ का वडाध्यक्ष तथा अभिनेता निर्मलरत्न शाक्य र सिनेपत्रकार विजयरत्न अंशवरेले अवार्डको बारेमा प्रकाश पारेका थिए।

पेज थ्रीका सम्पादक एवं अवार्डका संयोजक दर्शनवीर शाक्यले नेपाल भाषाको मनोरञ्जन क्षेत्रअन्तर्गत फिल्म, म्युजिक भिडियो र गीत संगीतका विभिन्न ३७ विधामा असोज २३ देखि कात्तिक १४ गतेसम्म नामांकन दर्ता गरिएकामध्येबाट जुरीले उत्कृष्ट ५ छनोट गरी निर्णायकको निर्णय र दर्शकद्वारा भोटिङ गराई बढी अंक प्राप्त गर्नेलाई उत्कृष्ट घोषणासहित अवार्ड प्रदान गरिने बताए।

त्यसमध्ये जुरीलाई पनि विशेषाधिकारका साथ जुरी च्वाइस अवार्डको पनि व्यवस्था गरिएको छ भने लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपालभाषाको क्षेत्रमा विशेष योगदान दिएका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ।अवार्डको लागि नामांकन असोज २३ देखि कात्तिक १४ गतेसम्म गर्न सकिने, नामांकन घोषणा पुस १० गते गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्