प्रकृति, संस्कृति र जीवनशैलीमा फोटो कम्पिटिसन



नेपालको पहिलो फोटो, भिडियो, म्युजिक तथा ग्राफिक प्लेटफर्म धन्सार डटकमको आयोजनामा फरेवर नेपाल फोटो कम्पिटिसन २०२१ हुने भएको छ।

फोटो कम्पिटिसनबारे जानकारी दिन राजधानीमा आयोजना गरिएको कार्यक्रममा प्रकृति, संस्कृति र जीवनशैली विधामा प्रतिस्पर्धा हुने तथा हरेक विधामा नगद ६६ हजार रुपियाँ पुरस्कारस्वरूप प्रदान गरिने जानकारी आयोजकले गराए। फोटो कम्पिटिसनको निर्णायक मण्डलमा वरिष्ठ फोटोपत्रकार विकास रौनियार प्रमुख निर्णायक रहनेछन् भने मोना आर्टका परिकल्पनाकार तथा केजीएच ग्रुपका सिईओ राजन शाक्य, फोटो जर्नालिस्ट क्लबका अध्यक्ष श्रुति श्रेष्ठ, केपीएका अध्यक्ष दिगम्बर राजवंशी, फोटोग्राफर विकास खतिवडा र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्त निर्णायक रहनेछन्।

उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहनेले २०७८ कात्तिक ३० गतेभित्र सहभागिता जनाइसक्नुपर्ने आयोजकले जनाए। प्राप्त फोटोहरू २०७८ मङ्सिर १ गते निर्णायक मण्डल र सार्वजनिक छनोटका लागि खुला गरिने जनाइएको छ। हरेक विधाको नतिजा २०७८ पौष १५ गते गरिने आयोजकका तर्फबाट विनोद अधिकारीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्