स्वच्छ खाना पकाउने ऊर्जाका लागि ६ अर्बको परियोजना

188
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जा (क्लिन कुकिङ सोलुसन) को प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्‍याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३०औं बोर्ड बैठकबाट स्वीकृत भएको केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले बताउनुभयो । कोष जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्नेसम्बन्धी क्रियाकलापको लागि लगानी गर्ने एक स्वतन्त्र निकाय हो ।

विभिन्न फन्डिङ देशबाट प्रतिनिधित्व हुने गरी २४ सदस्यीय बोर्ड रहेको छ । जलवायु परिवर्तनबाट विश्व तापमानमा पर्ने असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको लक्ष्यहरू कार्यान्वयनको लागि यो कोषको स्थापना भएको थियो । रहेको प्रधान कार्यालय दक्षिण कोरियामा रहेको छ ।

कुल ४९ दशमलव १५ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ८९ करोड ८६ लाख रुपियाँ) को उक्त परियोजनाअन्तर्गत ५ वर्षभित्र नेपालको तराई क्षेत्रको २२ जिल्लाका १५० स्थानीय तहमा १० लाख खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिहरू प्रवद्र्धन गरिने लक्ष्य रहेको छ । कुल लक्ष्यमध्ये ५ लाख विद्युतीय चुलो, ४ लाख ९० हजार तह–३ स्तरको सुधारिएको चुलो तथा १० हजार बायोग्यास प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ । कुल रकममध्ये कोषको अनुदान २१ दशमलव १२ मिलियन डलर ९२ अर्ब ५३ करोड रुपियाँ० रहने छ भने बाँकी २८ मिलियन डलरमा केन्द्र र स्थानीयबीच लागत साझेदारी रहने छ । केन्द्रको अनुदान २१ मिलियन डलर तथा स्थानीय तहबाट ७ मिलियन डलर खर्च गरिनेछ । केन्द्रले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कोषसँगको आबद्धतापछि कोषको तर्फबाट स्वीकृत गरेकोे पहिलो प्रस्ताव हो । परियोजनाबाट ६५ लाख १३ हजार ६ सय २९ टन बराबर कार्बन उत्सर्जन न्यूनीकरण गरी १० लाख घरधुरीमा स्वच्छ ऊर्जाको सेवा पुग्ने अपेक्षा रहेको डा। अधिकारीले बताउनुभयो ।

केन्द्रमा आफूले शुरू गरेको दाउरा/गुइँठा प्रतिस्थापन गर्ने ‘तराई स्वच्छ ऊर्जा विशेष कार्यक्रम’को सफलरूपमा कार्यान्वयनको लागि यो परियोजना कोशेढुंगा सावित हुने डा। अधिकारीले बताउनुभयो ।