क्राइम फाइल्स आउँदै



आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एन्ड इन्भेस्टिगेसन सिरिज क्राइम फाइल्स आगामी कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने भएको छ।

नेपालभित्रका विभिन्न क्षेत्रमा भएका विविध किसिमका आपराधिक घटनाको नाट्य रूपान्तरण क्राइम फाइल्समार्फत प्रस्तुत गरिने छ। नेपाल प्रहरीले सुल्झाएका धेरै आपराधिक घटनामध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्व पूर्ण र अनुसन्धानको दायराबाट जटिल कथा समेटेर क्राइम फाइल्स निर्माण गरिएको यसको निर्माण समूहले जनाएको छ। यस कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने विश्वास क्राइम फाइल्सको टोलीले लिएको छ। कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने सह–प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल रहेका छन्। कार्यक्रम एड प्याड र रोमा प्रोडक्सनले निर्माण गरेको हो भने कार्यक्रमको मेकिङ टी–फोल्क्स् प्रोडक्सनले गरेको छ। क्राइम फाइल्सको बजार व्यवस्थापन एड रिलिजले गर्नेछ र यसको होस्ट सुरज गिरीले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्