सलोन रुबिनाको साथमा हुँदा



आगामी असोज २६ गते फूलपातीमा रिलिज हुने फिल्म डाँडाको वरपीपलको तेस्रो गीत तिमी साथमा हुँदा सार्वजनिक गरिएको छ।

निर्माता निर्देशक शोभित बस्नेतद्वारा निर्देशित फिल्मको यो गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ।

नवराज गिरीको शब्द रचना रहेको गीतमा एलिश कार्कीको संगीत र एरेन्जमेन्ट रहेको छ। गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापालाई फिचरिङ गरिएको छ। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभातपल, अश्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतका कलाकारले पनि अभिनय गरेका छन्। नवराज गिरीद्वारा निर्मित फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्वनिर्देशन र मित्रदेव गुरुङको सम्पादन छ।

फिल्म तिहारमा ओटीटीप्लेटफर्ममा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्