गायक नवीन पौडेललाई नेपाल सरकारबाट पदक



काठमाडौं

गीत संगीतको माध्यम बाट जनतालाई चेतना फैलाउन महत्वपुर्ण भुमिका खेले बापत लोक गायक नवीन पौडेलले नेपाल सरकार बाट पदक प्राप्त गरेका छन्।

अन्तराष्टिय कलाकार मन्च नेपालकाका उपाध्यक्ष समेत रहेका चर्चित लोक दोहिरी गायक नवीन पौडेल लाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति द्वारा प्रबल जनसेवाश्री चतुर्थ मानपदबी ले सम्मानित गरिएको छ।संविधान दिवस को अबसर पारेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्त्ति व्यक्त्तित्वहरुलाई सम्मान गर्ने गरिन्छ। साँगितिक क्षेत्रमा उल्लेखनिय कार्य गरे बापत गायक नवीन पौडेल लाई सम्मान गरिएको हो।

उनले चेतनामुलक, समयसापेक्ष, यथार्थपरक, महिलामुक्तिका गीत सङ्गीतमार्फत जनतामा चेतना भर्नमा उल्लेखनीय योगदान गरेका छन। उनका गीतले बालक, बृद्ध,अबश्था, युबायुबती सबैको मन जितेको हुन्छ।

समाजका बिकृती बिसँगती अन्याय अत्याचारका बिशयवस्तुलार्इ गीत मा उतारेर जनताको मन जित्न सफल गायक नबिन पौडेलले नेपालका करिब पैसठ्ठी जिल्ला र विश्वका तीन दर्जन बढी देशको साँगितिक भ्रमण गरेर नेपाली कला सँस्कृती लाई बढावा दिनमा निक्कै ठुलो योगदान गरेका छन।

यस अघि पचास हजार राशिको नुरगँगा प्रतिभा पुरस्कार लगायत विभिन्न संघ सस्थाहरु बाट पुरस्कृत एबम म्युजिक अवार्ड हरु प्राप्त गरिसकेका छन।ए हजुर सुन्नुभाछर, श्रीनगर बतासे डाडैमा, हरेक जातजाति छौँ नानाथरी, आजै भेट भाको पोखरा आको, जान्न मत त्यो घर, फुलेको तोरिलाई बैँस आको छोरिलाइ, लेउ खुकुरी लेउ लगायत यथार्थपरक एबम समय सापेक्ष गीत हरु निकै नै चर्चित भैसकेका छन।

स्टेजमा गैसके पछि हजारौँ दर्सक लाई आफुतिर आकर्सित गराउन सक्ने क्षमता भएकोले दर्सक श्रोता बाट स्टेज किङ को उपधी समेत पाउन सफल भएका पौडेल प्रस्तोता समाज नेपाल, रास्ट्रीय लोक तथा दोहोरी गीत प्र्तिस्ठान नेपाल का केन्द्रिय सदस्य रहि सकेका छन। पौडेलले शब्द लय अनि संगीत आफैले श्रीजना गर्ने र स्वर भर्ने क्षमता राख्छन।

प्रतिक्रिया दिनुहोस्