गीतकार संघ नेपालको नवाै राष्ट्रिय श्रष्टा सम्मान कार्यक्रममा संगीतकर्मीहरूलाई सम्मान गरिएको छ।
मोरङको सुन्दर हरैचामा सम्पन्न कार्यक्रममा गीतकार विश्व बल्लभलाई नगद १ लाख ५१ हजार रुपियाँसहित अमर भावना राष्ट्रिय श्रष्टा सम्मान २०७७प्रदान गरिएको छ। प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गीतकार रमेश दाहाललाई आफैँ हिँड्ने भीरको बाटोका लागि नगद ५७ हजार रुपियाँसहित उत्कृष्ट वर्ष गीतकारको पुरस्कारबाट पुरस्कृत गरिएको छ। २०७७ सालभरि प्रकाशनमा आएका कृति र गीत समावेश गरिएकोमा प्रतिस्पर्धामा ४५ गीत सहभागी भएकोमा छनोेट समितिको निर्णयबाट रमेश दाहाल, राजु थापा, सुरेश वाग्ले, एचके धिताल, बीबी थापा, रमेश अधिकारी, ध्रुव अमगाईं, रवीन्द्र आशिष शैली, अमर विकराल र प्रबल विष्टका गीत उत्कृष्ट १० मा परेका थिए। तीमध्ये संगीतकार सन्तोष श्रेष्ठको संगीतमा कर्ण दासको स्वर रहेको रमेशको गीत आफैँ हिँड्ने भिरको बाटो सर्वोत्कृष्ट घोषणा गरिएको हो।
त्यस्तै, डायस्पोरा गीतकार सम्मानबाट हरि उप्रेती, नगद २५ हजार दुई सय ५२ रुपियाँसहित गायक, गीतकार तथा संस्कृतिका अनुसन्धानकर्ता कृष्ण गुरुङ विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७ र नगद ५७ हजारसहित गीतकार गणेश श्रेष्ठ अपेक्षालाई वर्ष गीत पुस्तकबाट सम्मान गरिएको छ।












प्रतिक्रिया