अमेरिकामा नेपाली फिल्मको महोत्सव हुने



विभिन्न कालखण्डमा बनेका कालजयी तथा उत्कृष्ट फिल्मको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्दै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने उद्देश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ।

कोभिड–१९ को कारण सुस्ताएको नेपाली फिल्मलाई चलायमान बनाउने तथा नेपाली फिल्मको गरिमालाई उँचो बनाउने उद्देश्यले ग्लोबल नेपाली फिल्म फेस्टिभल यूएसए गर्न लागिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए। मल्लका अनुसार यो फेस्टिभल कुनै प्रतिस्पर्धा नभएर नेपाली फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको हो।

ग्लोबल नेपाली फिल्म फेस्टिभल यूएसए नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी यूएसए र ग्लोबल नेपाल फिल्म अवार्डस् (एलएलसी)ले संयुक्तरूपमा आयोजना गर्ने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्