धन्दागिरीको आइटम सङ सार्वजनिक



कोरोना जोखिमका कारण लगाइएको लकडाउनका कारण रिलिज रोकिएको फिल्म धन्दागिरीको आइटम सङ सार्वजनिक गरिएको छ।

नरेन्द्र भट्टराई (एनबी अञ्जान) को निर्देशनमा बनेको फिल्मको रिलिज कोरोना महामारी र लकडाउनका कारण रोकिएको थियो। सार्वजनिक आइटम सङ बारुली बारुली गायिका मीना निरौलाले गाएकी छिन्। गीतमा शब्द रचना नारायण नेपाल, संगीत सूर्यकमल राई र सञ्जय हमालको एरेन्जमेन्ट रहेको छ।

विजयादशमीको अवसर पारेर आगामी २६ गते देशभर गरिने फिल्ममा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षत्री, बीएस राणा, विपना बस्नेत, सुभाष गजुरेल, सुनील कटुवाल, सविता रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन्। दिनेश खड्का एसोसियट निर्माता रहेको फिल्मको कार्यकारी निर्माता कुमारप्रसाद ओझा तथा निर्माता कविभक्त क्षेत्री र फुर्वा दोर्जे रहेका छन्। चलचित्रको डिजिटल राइट्स डीएआर मुभिज एन्ड फिल्म्सले लिएको छ। गीत डीएआर मुभिजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्