सबै लामो कान भएको कुकुरले गिनिजबुकमा राख्यो रेकर्ड



काठमाडौ । सुन्दा नै अचम्म लाग्ने घटना बिश्वमा बेला बेलामा सुन्ने गरिएको छ । एउटा कुकुरको कान १२ दशमलव ३ इन्च लामो भएको कारण गिनीज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । ओरेगन नाम गरेकी महिलाले पालेको कुकुरको कानको लम्बाई सामान्य कुकुरको तुलनामा धेरै लामो छ ।

गिनीज वल्र्ड रेकर्ड्सका एक अधिकारीले भने ३ बर्षिय लूको कानको लम्बाई आधिकारिक रुपमा जीवित कुकुरहरु मध्ये सबैभन्दा लामो छ । त्यसैले उनी गिनीज बुक अफ वल्र्डमा सूचीबद्ध छन ।

कुकुरको मालिकले भनिन् म मेरो कुकुरको कानको लम्वाईका बारेमा गिनिज बुकका अधिकारीलाई भनेर नाप्न लगाउने र वल्र्ड रेकड कायम गराउने सोचमा थिए । त्यो सपना अहिले आएर पुरा भएको छ ।

कोरोना भाइरसको महामारी बीच उक्त कुकुरको कान मापन गर्दा बिश्वको सबै भन्दा लामो कान भएको कुकुरको रुपमा दर्ता हुन सफल भयो ।

 

प्रतिक्रिया दिनुहोस्