अनामिका अब गायिका



अभिनेत्री एवं मोडल अनामिका चौलागाईं अब गायिका पनि भएकी छिन्।

विभिन्न फिल्म र म्युजिक भिडियोमा अभिनय गर्दै आएकी अभिनेत्री तथा मोडल चौलागाईंले माया गर्ने मान्छेले कहिलेकाहीं रिसाउन नि पाउँछ बोलको गीत रेकर्ड गरी सार्वजनिक गरेकी छिन्। गीतमा शब्द रचना शान्तिप्रियको रहेको छ। संगीत राम सिटौलाले तयार पारेका छन् भने एरेन्जमेन्ट राजेन्द्र बजगाईंले गरेका छन्।

गीतमाथि म्युजिक भिडियो पनि बनाइएको छ। म्युजिक भिडियोमा गायिका चौलागाईं स्वयंले मोडलिङ गरेकी छिन्। गोविन्द अञ्जानले छायांकन गरेको म्युजिक भिडियोमा रंग संयोजन र सम्पादन विनोद बमले गरेका छन्। म्युजिक भिडियोको निर्देशन गीतकार शान्तिप्रियले गरेका छन्। छायाँछवि क्रियसनले निर्माण गरेको म्युजिक भिडियो सीसी नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्