कांग्रेस इकाइ उपसभापतिमा मधुसूदन



फिल्म निर्माता, प्रदर्शक तथा नेपाल चलचित्र सघंका अध्यक्ष मधुुुसूदन प्रधान वडा नम्बर २१ को नेपाली कांग्रेस इकाइ उपसभापति भएका छन्।

प्रधान काठमाडौंको क्षेत्र नं ९, वडा नम्बर २१ को नेपाली कांग्रेस इकाइ उपसभापति पदमा निर्विरोध निर्वाचित भएका हुन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि जैसीदेवल युथ क्लबको प्रांगणमा सम्पन्न निर्वाचनपश्चात् उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसभासद ध्यानगोविन्द रञ्जितले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। सो इकाइमा प्रमेशबहादुर श्रेष्ठ सभापति र राजेन्द्र मैनाली सचिव निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्