आयुष्मान–प्रियंकालाई पुत्रीलाभ



नायक–नायिका दम्पती आयुष्मान देशराज जोशी श्रेष्ठ र प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ।

सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। ‘यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ’ फेसबुकमा फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छिन्। तस्वीरमा प्रियंका निकै नै मोटाएको देखिएकी छिन्।

आयुष्मान र प्रियंकाको गत २०७६ साल फागुन १६ गते विवाह भएको थियो। केही वर्षको माया प्रेमपछि यो जोडी विवाह बन्धनमा बाँधिएको थियो। बिहेपश्चात् उनीहरूलाई आफूहरूको नाम मिलाएर जोडीको नाम आयंका जुराएका थिए।

प्रतिक्रिया दिनुहोस्